![]() |
| सौगात श्रेष्ठ |
सराब पिएर दु:ख भुलिन्छ भन्नु एउटा मुर्खता हो । त्यसरिनै अतित भुल्न सजिलो हुन्छ विहे गर भनेर तिमीले दिएको सुझाब सुनि रहँदा आश्चर्य लागि रहेको थियो । र अर्को तर्फ ब्यङ्ग्यपूर्ण शब्दहरुको सामना गरि रहेको थियो यो मनले । कसैले केहि सिकोस त तिमी संग । कति ब्यङ्ग्यात्मक अभिब्यक्ति दिन सक्छ्यौ ? के तिमीले भुल्यौ भन्दैमा मैले पनी भुल्नै पर्छ र ? मायाँ प्राप्ति मात्र होईन त्याग पनी हो ।
आज फेरि पटक-पटक विगत सम्झिरहेको छु र तिनै विगतका क्षणहरुलाई सम्झिरहेको छु । तिम्रो डोली अन्मिँदा सम्म पनी तिमीलाई पाउने आशा यो मनबाट हट्नेछैन । जब अरुकै घरमा तिम्रो डोली अन्मिनेछ अनी त्यति नै बेला म मेरो चाहनालाई पनी अन्माई दिनेछु तिम्रो खुशीहरु संग । तर मलाई माफ गर जब सम्म म आफुलाई सम्झिन सक्छु तब सम्म तिमीलाई भुल्न सक्दिन । तर पनी यति भन्छु 'ढुक्क होउ तिम्रो वैवाहिक सम्बन्धलाई दख्खल पुग्ने त्यस्ता कुनै हर्कत हुने छैन मेरो तर्फबाट । र गोप्य नै रहनेछ तिम्रो परिचय पनी ।'
* सौगात श्रेष्ठ
आफ्नै बस्ती, बगनाहा
- २०७१ माघ २२

