Home » » थियो जब मलाई घरको जरुरत थियो ...

थियो जब मलाई घरको जरुरत थियो ...

प्रकाशित:Tuesday, November 25, 2014 | 6:12 PM


डि.बी. 'रास्कल' उपेन्द्र
थियो जब मलाई घरको जरुरत थियो ।
तर मसंग मात्र आकाशको छत थियो ।

आयौ भविष्य देखायौ, गयौ विगत बन्यो,
पैले न त भविष्य थियो न विगत थियो ।

राखेको थिएँ बचाएर, मुटु चुडेर लग्यौ,
अरु त सारा पहिले नै जफत थियो ।

न त ऐले घटेको छ, न घट्नेछ पछि,
पैले पनि तिम्रो माया शत प्रतिशत थियो ।

संसार उजाडीयो मेरो, साथी बन्यो सराव,
भन त ! कहिल्यै मेरो यो आदत थियो ?


© डि.बी. 'रास्कल' उपेन्द्र
- बर्दियाली साहित्य मञ्च
Share this article :