Home » » म रोएको छैन मेरो त्यो कहानी रोएको छ ...

म रोएको छैन मेरो त्यो कहानी रोएको छ ...

प्रकाशित:Thursday, February 12, 2015 | 4:25 AM

© टुकनाथ 'सहयोगी'
म रोएको छैन मेरो त्यो कहानी रोएको छ ।
कसैकसै बिना बिस्तरा सिरानी रोएको छ ।

प्रत्येक अङ्ग अङ्गले बिलौना गर्छन किन ?,
सिङ्गो धर्ति आकाश र राजधानी रोएको छ ।

गुलाब फूल देखाएर पत्थरले हिर्काए पछि,
सुम्पिएको प्रेम जालको भुक्तानी रोएको छ ।

सुनको बजार भाऊ फलाम सरी दिए पछि,
ब्यर्थ दबाबै दबाबमा जवानी रोएको छ ।

बिश्वाश जति घात त्यति नै हुन्छ भन्दाभन्दै,
के को लागी "सहयोगी" जाना'जानी रोएको छ ॥


© टुकनाथ 'सहयोगी'
• बलेवा, बाग्लुङ
हाल - हैदराबाद (भारत)
Share this article :