Home » »

प्रकाशित:Friday, February 6, 2015 | 4:04 AM

सौगात श्रेष्ठ
विहेको खबर दिनु अघि के तिमीले एक पटक मात्र पनि सोँच्यौ ? कि म कसरि सम्हालिन सकुँला भनेर । हुन त सम्बन्ध पहिल्यै
तोडि सकेकि थियौ बाँकि के नै पो थियो र ? थियो त केवल मेरो तर्फ बाट एक तर्फि मायाँ, अनि स्मृतिका स्पन्दनहरु ... ।

आँशुहरु बिच मनलाई बन्धकि राखेर सापटिमा लिएको हाँसोमा जसो तसो रमाई रहेकै थिएँ, फेरि एक पटक तुसारापात भईदियो मेरो खुशीहरुमा । भुकम्पको धक्काले संरचनाहरु भत्किए जस्तै तिम्रो त्यो एउटै वाक्यले भत्किए मेरा सपनाहरु पनी, मेरो विश्वास पनी ।
वर्षौँ अघि जब पहिलो पटक तिमीलाई देखेको थिएँ, सोँचेको थिईन कि हामी बिच कुनै दिन परिचय हुनेछ र सम्बन्ध यहाँ सम्म पुग्नेछ । चिनाजानीको छोटो समयमा नै तिमी यति समिप भईदियौ कि तिम्रो हर ब्यवहार संग परिचित हुने अवसर पाएँ । तिम्रो बोली बचन, ब्यवहार, साथित्व, आत्मियता सब्बै सबै अनि तिमी संग पनी । बढ्दै गएको सामिप्यता संगै थाहै भएन कति खेर  बाट यो मन तिमीमा भुल्न थालेछ । तिम्रा हरेक क्रियाकलाप मन पराउन थालेछु अनि तिमीलाई पनी ।

मलाई अझै पनी सम्झना छ त्यो दिन जहाँ पहिलो पल्ट तिमी संग बोलचाल
भएको थियो । केहि बहुमुल्य बस्तु पाए जस्तो महसुस गरेँ तिमीसंग नजिकिन पाउँदा । वास्तबमा भन्नु पर्दा तिम्रोलागी नै म त्यो क्लबको सदस्य भएको थिएँ र त्यहिँ बाट हाम्रो सम्बन्ध पनी नजिकिएको थियो । त्यसपछिका ३-४ वर्ष धेरै आरोह अबरोहहरुमा बिते तिमीलाई आफ्नो भन्न नपाउँदै गुमाउनु पर्छ कि भन्ने अवस्था पनी आयो र अहिले समय फेरिएको छ । आज तिमीलाई आफ्नो भनेर गुमाउनु पर्दैछ ।
जो संग भए पनी सँधै खुशी रहनु । सुखद दाम्पत्य जीवनको शुभकामना । अरु त के नै पो भन्न सक्छु र ?

* सौगात श्रेष्ठ
आफ्नै बस्ती, बगनाहा
- २०७१ माघ २०
Share this article :