Latest

नेपाली गजल : जो बाट मेरो दिलको निगरानी हुनेछ [ सर्जक : मनु बिद्रोही / नुवाकोट ]

प्रकाशित:Saturday, February 21, 2015 | 4:15 AM

गजल
जो बाट मेरो दिलको निगरानी हुनेछ
केवल उ मात्र यि आँखाको नानि हुनेछ

आज जे जे सिकाउछौ तिमीले मलाई
भोलि सम्म नी त्यही गर्ने बानी हुनेछ

प्रत्येक पलहरुमा होस गर्नु तिमीले
नत्र भने हामी दुबैको बद्नामी हुनेछ

त्यस्तो समय कहिल्यै आउन नदिनु
नत्र भने त गल्ति जानि जानि हुनेछ

मनु बिद्रोही
नुवाकोट

रामगोपाल आशुतोष का केहि नेपाली गजलहरु...

रामगोपाल आशुतोष
सदस्य- मातृभाषा साहित्य विभाग, नेप्रप्र
गजल १ 
सावाँ भन या वा ब्याज, लगानी हौ तिमी मेरो ।
भूत, भविष्य, वर्तमान, कहानी हौ तिमी मेरो ।।

तल, माथि, उत्तर, दक्षिण, चारै दिशा उपदिशा
सुख, दु:ख, खुशी मथ्ने, मदानी हौ तिमी मेरो ।।

आफन्तले दुखाउँदा पीर बढ्दा मुटु दुख्दा
मेरो शीर बिसाउने सिरानी हौ तिमी मेरो ।।

आगो, पानी, आँधी हुरी, भेल, बाढी प्युन सक्ने
सोह्र सत्र बर्षे मस्त जवानी हौ तिमी मेरो ।।

२०७० श्रावण २२


गजल २ 
उदास उदास, एक्लो एक्लो जीवन मेरो ।
तिम्रै मात्र साथ खोज्छ यो मन मेरो ।।

एक्लो जीवन छैनन् मलाई आफन्त भन्ने
कस्ले गर्लान् तिमीवाहेक जतन मेरो ?!

दिन भिज्छ पसिनाले आँशुले रात
कस्ले बुझ्लान् यो छातीको जलन मेरो ?

घामजून सजाएर हाँस्ने दिन ल्याई
कस्ले गर्लान् दु:खपीडा हरण मेरो !?

सुन्न छोडी बजारिया डिस्को दोहरी
कस्ले सुन्लान् दुखियाको भजन मेरो ?!

२०७१-०९-३०

गजल ३ 
धेरै भयो मेरो मन, खुल्न सकिरहेको छैन ।
भित्री पीडाहरूलाई, भुल्न सकिरहेको छैन ।।

भिन्नै हावा परिवेश, माटो, पानी र घामसङ्ग
मेरो आफ्नै आदि रङ, घुल्न सकिरहेको छैन ।।

हातैभरि सुहाउने, गाढा बस्थ्यो मेहेन्दी रङ्ग
त्यस्तै गाढा मेरो प्रेम, चुल्न सकिरहेको छैन ।।

भुल्नै गारो मीठा पल, सम्झी हाम्रो मधुर मिलन
मुटुभित्र अरूलाई, हुल्न सकिरहेको छैन ।।

मेरो धर्म, मेरो रीत, नाघी गयौ लक्ष्मणरेखा
अन्तिम फूल विश्वासको, फुल्न सकिरहेको छैन ।।
२०७१-०९-२९

गजल ४ 

पलपल मेरो याद आउला सह्माल्नू आफूलाई ।
हरपल मनले सताउला सह्माल्नू आफूलाई ।।

केही दिन नहुँदा म अर्कै फूल प्यारो लाग्ला
छलफल अमिलो बनाउला सह्माल्नू आफूलाई ।।

नसोच है शङ्का तिम्रो ज्यानले गर्यो भनी
हलचल ननिको चलाउला सह्माल्नू आफूलाई ।।

फेरी फेरी खाने बानी भूल होला जानीजानी
तलतल नरोके बगाउला सह्माल्नु आफूलाई ।।

जरा काटे फेद हुन्न होस गर्नू विश्वास टुटे
फूलफल कसले बचाउला सह्माल्नू आफूलाई ।।

२०७१ मंसिर १५ गते सोमबार बहकिने मनमा प्रशारण भएका साताका ६ उत्कृष्ठ मुक्तकहरु :

प्रकाशित:Friday, February 20, 2015 | 2:19 AM


१)
रमाउने छ तिम्रो प्यारा तिमि मुस्कुराए ।
बग्न नदिई अश्रु धारा तिमि मुस्कुराए ।
छुट्टीएर तिम्रो आंचल भरिन्छ भने,
भइ दिउला दुरको तारा तिमि मुस्कुराए ॥

- सन्जय भट्टराई
* नवलपरासी

२)
यात्रा न हो हिड्दा हिड्दै पाइला गल्न सक्छ ।
विश्वासले नै जीन्दगीको रुप बदल्न सक्छ ।
आँट अनि विश्वासको अभाव भयो भने,
पिरतीको सरकार पनि छिन मै ढल्न सक्छ ॥
  - उषा किरण छन्त्याल
* गुल्मी

३)
कसैलाई खुसी, कसैलाई पिर बोकेर आऊछ ।
सम्हाल्नै नसकिने मनमा जन्जिर बोकेर आऊछ ।
जिवन सुरुवात हो कि अन्त्य हो पत्तै हुदैन,
बर्षै पिच्छे सालहरु किन मंसिर बोकेर आऊछ ॥
- सुरज घिमिरे
* साङ्कोष २ धादिङ्ग

४)
ऊस्कै तस्बीर आँखामा आईरहँदा ।
यादहरुले दिन रात सताईरहँदा ।
हैन यो दुनियाँ प्रश्न मलाई किन सोध्छ ?
उत्तर अनुहारले बताई रहँदा ॥
  - 'यश कुमार न्यौपाने'
* धादिङ

५)
महाभारत, रामायण र कृष्ण
लिलाको उदाहरण दिनु भयो ।
केही गतिला अनि केही अगतिलाको उदाहरण
दिनु भयो ।
वास्तवमा हामी को जस्तो हुनुपर्छ त 'बा'?
मेरो प्रश्न थियो 'बा' ले कति सजिलोसँग कमिला को उदाहरण दिनु भयो ॥
- प्रमोद थापा
* लमजुङ

६)
समयले गनि गनि प्रहार गरेको छ ।
अभागी हौ तिमी भनि प्रहार गरेको छ ।
हो मलाई संधै भरी अचानो बनाएर,
आफु खुकुरी बनि प्रहार गरेको छ ॥
- अधिकारि सबि
* गोरखा

जि. एम. दिपु देपेन्द्रको गजल...

सोचिरहन्छु म कुनै दिन, आऊला कि नआऊला ?
यो मनलाई जॉच्ने मेशिन, आऊला कि नआऊला ?

नरभंक्षी आत्मा बसेको छ,
यो घरमा गरिबीको कुनै,
उपबासले लच्छिन, आऊला कि नआऊला ?

तिम्रो प्रयोगशाला के भन्छ, ए ! बैज्ञानिकहरु हो,
भविष्य देखाऊने लाल्टिन,
आऊला कि नआऊला ?

परिवर्तनले जलवायु , यी हिमाल पग्ले जस्तै,
मनमुटु पग्लेर जमिन, आऊला कि नआऊला ?

तिमीले मलाई छोड्दा खेरी, केवल यत्ती सोच्दैछु,
तिम्रो बाटोमा कतै कठिन,  आऊला कि नआऊला ?

© जि. एम. दिपु देपेन्द्र ™
• रुकुम
D.R. DIGITAL PHOTO STUDIO