Home » »

प्रकाशित:Monday, February 2, 2015 | 4:31 AM

बनाउने ले बनायो पत्थर बनायो । फूल संगै काँडा अनी जहर बनायो । आत्मियताको सम्बन्ध प्रगाढ बनाएर, तिम्रो मेरो फरक फरक शहर बनायो । लाग्छ उसले हाम्रो परिक्षा लिँदैछ, त्यसैले त संघर्षपूर्ण सफर बनायो । आफै बनाउन सबै असम्भव भएर होला, मान्छे बनायो अनी फेरि रहर बनायो । © सौगात श्रेष्ठ • बगनाहा-९, बर्दिया ।
Share this article :