Home » » गजल: अन्जान सौगात

गजल: अन्जान सौगात

प्रकाशित:Friday, November 14, 2014 | 9:14 AM







बन्धकिको पाखोबारि जमिन सम्झिएर ।
म प्रदेशिएँ साहुको .. रिन सम्झिएर ।
जसो तसो दिनहरु काटिरहेको छु ,
झिसमिसेमै गाउँ छोडेको दिन सम्झिएर ।
बाबा-आमा गाउँ सम्झि रमाउँछु कहिले,
कहिले रमाउँछु दुनियाँ रंगिन सम्झिएर ।
पसिना संग पैसा, यहाँ साटि रहेकोछु,
भोलीको त्यो जिन्दगी नविन सम्झिएर ।
Share this article :