(आफ्नै डायरि बाट)
आज महसुस गर्दैछु साँच्चै कति प्रभाब पार्दो रहेछ त बिगतले बर्तमानलाई ।
हो यहि कारण हुन सक्छ मानिसहरु भुत संग डराउने । भुत अर्थात भुतकाल,
बिति सकेको समय । त्यो बिगतले बर्तमानलाई कहिँ कतै कुनै न कुनै क्षणमा प्रभाब पारिनै हाल्दो रहेछ । कहिले काहिँ त यस्तो लाग्छ यो स्वार्थि दुनियाँमा प्रेमील बन्न खोज्नु पनी मुर्खता रहेछ । र साबित पनी गरिदियौ तिमीले । तिम्रो बिगत थाहा हुँदा हुँदै पनी तिमीलाई मायाँ गर्नु मेरो मुर्खता प्रमाणित भईदियो । सोँचेको थिएँ मेरो साथले तिम्रो अतित बिर्साउनेछ, अतितलाई भुलेर मेरो मायाँ संगै रमाउने छ्यौ वर्तमानमा, तर म गलत रहेछु ।
मेरो सोँचाई गलत रहेछ । जति नै मायाँ दिने प्रयत्न गरे पनी म असफल भएँ तिम्रो पहिलो प्रेमको अगाडी । र असफल भयो मेरो पहिलो प्रेम ।
मायाँ गर्छु भनेर मायाँ गरिने भए, र गर्दिन भनेर नगरिने भए बिर्सिदिन्थेँ तिमीलाई ।
कारण मेरो पहिलो प्रेम तिमी भए पनी तिम्रो दोस्रो प्रेम थिएँ म । तर यो मन
भन्ने चिज पनी बडो अचम्मको हुँदो रहेछ ।
कहाँ, कति खेर के देख्छ, के मन पराउँछ, अनी कस्लाई मायाँ गर्छ थाहै नहुने ।
जसरी तिमी तिम्रो अतितलाई भुल्न सकि रहेकि छैनौ अब त्यहि अवस्थामा म पनी पुगेको छु । मैले तिमीलाई भुल्न
सकि रहेको छैन । गुनासो एउटै छ - 'टाढिएका थियौँ फेरि किन नजिकियौ ?'
त्यसरि अनेक सपना देखाउनु हुँदैन थियो । म
प्रति कुनै त्यस्तो चाहना नै थिएन भने झुटो मायाँको अभिनय गर्नु हुँदैन थियो । खैर अब यि सबै कुरा तिमीलाई भनेर, लेखेर कुनै अर्थ रहेन । सायद मन भरियो होला म बाट,
वा तिम्रो चाहना पुरा गर्ने सामर्थ्य राखिन होला मैले त्यसैले त मायाँको त्यो अभिनय पनी बन्द
गरिदियौ यस्तै बुझेँ मैले ।
अभाब, दु:ख अनी चुनौतिमा नै जिन्दगीको अर्थ खोजी रहेको म, आज भने तिम्रो अभाब र तिमीलाई भुल्ने
चुनौतीको सामना गर्न सक्दिन कि भनेर डराई रहेको छु । भन्न त सजिलो हुन्छ, तर जब आफैमा त्यो घटना आईपर्छ अनी त्यसको सामना गर्न गाह्रो हुँदो रहेछ । अरुलाई त भनिन्थ्यो - ' तिमीले त त्यसलाई गुमायौ जसले तिमीलाई मायाँ नै गर्दिनथी । तर उसले त तिमीलाई गुमाउँदा गुमाउँदै
यस्तो ब्यक्ति गुमाई जसले
औधि मायाँ गर्थ्यो उसलाई ।' थाहा थिएन यो शब्दले त्यो धोका खाने साथीको मन बुझ्थ्यो बुझ्थेन, के सोँच्थ्यो कुन्नी ? मलाई
केहि थाहा थिएन । जब त्यस्तै पिडा आफुलाई पऱ्यो । अनी त्यस्तै सान्त्वनारुपि शब्दहरु अरुले सुनाए तब बल्ल थाहा भयो र सोँचे सायद यस्तै सोँच्थ्यो होला त्यो साथीले पनी ।
जे भए पनी यथार्थता यहि हो कि तिमी मेरो साथमा छैनौ । र अब तिमीलाई आफ्नो मान्छे भन्ने अधिकार
पनी म संग छैन । भुल्नु छ तिमीलाई, भुलाउनु छ
तिम्रा यादहरुलाई र नसके अभिनय गर्नुछ ।
*
विगतको प्रभाब...
सौगात श्रेष्ठ
- २०७१ पौष ०९
