Home » » गजल: डि बि रास्कल

गजल: डि बि रास्कल

प्रकाशित:Friday, November 14, 2014 | 9:23 AM






दु:ख कहिल्यै बुझिन, माफ गरिदेऊ
थाल्या' रै छु मत्तिन, माफ गरिदेऊ
घर आउँन ढिलो हुदा, कुर्थ्यौ अबेर सम्म
झल्को आउँछ दिनदिन, माफ गरिदेऊ
बाध्यताले टाढीएँ, बिर्स्यो नठाने है
छैन पा'को सम्झिन, माफ गरिदेऊ
बुझ्न थालें भर्खरै, दु:ख पिडा तिम्रो
तिर्नु छ साहुको रिन, माफ गरिदेऊ
अझैं तिम्रो काख, छैन मैले भुलेको
काँ सक्छु र बिर्सिन, माफ गरिदेऊ
जन्म दिने आमा, रुन्छीन धुरु धुरु
खुसि दिन सकिन, माफ गरिदेउ
Share this article :